सेयर बजारको परिसूचक नेप्से आज घट्यो, हिजो ऐतिहासिक रेकर्ड

काठमाडौँ । सेयर बजारको परिसूचक नेप्से बुधबार २.८५ अंकले घटेको छ । ०.११ प्रतिशतले घटेपछि नेप्से २६७१.६१ बिन्दुमा कायम भएको छ।

मंगलबार २६७४ अंकमा रहेर नेप्से ऐतिहासिक रेकर्ड कायम गरेको थियो। बुधबार भने सामान्य गिरावट आएको हो। आज बैंकिङ समूह ५.२३ अंकले बढ्यो। होटल तथा पर्यटनमा २३२ अंकको वृद्धि भयो।

Advertisement

विकास बैंक ४० र माइक्रोफाइनान्स १०७ अंकले बढेका छन्। व्यापार १६३, जलविद्युत ३३, निर्जीवन बीमा २०१, उत्पादन ८०, अन्य १८ र लगानी समूह १ अंकले घटेको छ।

पाँच कम्पनीको मूल्य करिब ९ प्रतिशतभन्दा बढी अंकले बढेको छ। महिला लघुवित्त, चन्द्रागिरि हिल्स, एनआइसी एसिया लघुवित्त, रिलायन्स फाइनान्स र युनिभर्सल पावरको मूल्यमा उच्‍च वृद्धि रह्यो।

आजको वृद्धिपछि महिलाको मूल्य प्रतिकित्ता ९२५, चन्द्रागिरिको २५७८, एनआइसी एसिया लघुवित्तको १२७८, रिलायन्सको २७९, युनिभर्सलको १८१ रुपैयाँ कायम भएको छ।

आज कुल ७ अर्ब १४ करोड रुपैयाँको सेयर किनबेच भएको छ। सबैभन्दा बढी कारोबार नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को भयो। यो कम्पनीको २८ करोड रुपैयाँ बराबरको कारोबार हुँदा मूल्य २.३ प्रतिशतले घटेर ५९२ रुपैयाँ कायम भएको छ।

More News last news
Loading...