काठमाडौँ । अमेरिकी नागरिकता लिने क्रममा सपथ ग्रहण समारोहमा राष्ट्रपतिले नयाँ अमेरिकनहरुलाई स्वागत गरेको भिडियो बजाउने चलन छ।
राष्ट्रपति जो बाइडेनले कार्यभार सम्हालेको साढे २ महिनापछि उक्त भिडियो रेकर्ड गरेका छन्। अब उक्त भिडियो नागरिकता वितरण समारोहमा बजाइनेछ।
‘अमेरिका तपाईको आकांक्षाका लागि योग्य भएको विश्वास गनुभएकोमा र हामीलाई छनौट गर्नुभएकोमा धन्यवाद।’ बाइडेनले उक्त भिडियोमा भनेका छन्।
बाइडेनले भनेका छन्, ‘तपाईहरु सबैको एउटै साझा कुरा साहस हो। त्याग गरेर यो यात्रा तय गर्नका लागि साहस चाहिन्छ। आफ्नो घर, जीवन र माया गर्नेहरुलाई छाडेर एउटा त्यस्तो देशमा आउने साहस जुन ठाउँमात्र होइन, बरु एउटा विचार हो। बाइडेनले भनेका छन्।’
‘आज तपाईले त्यही पद पाउनुभएको छ जुन अमेरिकी राष्ट्रपतिको बराबर छ, अमेरिकाको नागरिक भन्ने यो पदका लागि म गर्व गर्दछु । स्वागत छ मेरा मित्रहरु । मेरा अमेरिकन मित्रहरु । स्वागत छ ।’ बाइडेनले भिडियोमा भनेका छन्।
नागरिकता वितरण समारोहहरुमा राष्ट्रपतिले स्वागत गरेको भिडियो बजाउने प्रचलन भएपनि कोरोनाको महामारीका कारण अहिले त्यस्ता भिडियोसहितका समारोहहरु भने खासै हुन पाएका छैनन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
