करोडौँ सम्पत्तिकी मालिक हुन् अभिनेत्री मिथिला शर्मा, यस्तो छ उनको विलासी जीवनशैली

काठमाडौँ । ‘फूलबुट्टे सारी’ बोलको गीत यतिबेला हरेक नेपालीको मुखमा झुण्डिएको छ। यस गीतको लेजेन्ड्री भर्सनको भिडियोमा मदनकृष्ण श्रेष्ठ र मिथिला शर्माले अभिनय गरेका छन्।

पछिल्लो समय खुबै रुचाइएको मार्मिक लामाको ‘फूलबुट्टे सारी’ मा यसअघि फिमेल र चाइल्ड भर्सनमा पनि गीत सार्वजनिक गरिएको थियो। मदनकृष्णको स्वर रहेको यस गीतको भिडियोमा मदनकृष्णकी पत्नी बनेर मिथिला शर्मा देखिएकी हुन्।

Advertisement

मिथिला शर्मा नेपाली चलचित्र क्षेत्रकी प्रसिद्ध अभिनेत्री हुन् । उनले अहिले अभिनेता तथा अभिनेत्रीकी आमाको भूमिका निभाउँदै आएकी छिन्। विसं २०४२ सालमा चेतन कार्कीको निर्देशनमा तयार भएको चलचित्र ‘विश्वास’बाट चलचित्रको रङ्गिन दुनियाँमा होमिएकी मिथिलाले झण्डै एक सय २५ चलचित्रमा अभिनय गरिसकेकी छिन्।

आज हामी तिनै अभिनेत्री मिथिला शर्माको लाइफस्टाइलका बारेमा जानकारी दिने प्रयास गर्दैछौँ । मिथिला शर्माको जन्म सन् १९६४ अक्टोबर १६ मा नेपालको राजधानी काठमाडौँमा भएको हो ।

चलचित्र ‘विश्वास’बाट चलचित्रको रङ्गिन दुनियाँमा होमिएकी मिथिलाले झण्डै एक सय २५ चलचित्रमा अभिनय गरिसकेकी छिन् ।

लगभग १० वर्षअघि स्वर्गीय निर्देशक शिव रेग्मीले निर्देशन गरेको चलचित्र सुख–दुःखमा अभिनय गरेपछि उनको उचाइ अझ चुलिएको थियो । उनले ५० वर्षको उमेरमा विवाह पनि गरिन्।

१० वर्षकी एउटी फुच्ची राजा वीरेन्द्रका अघि नाच्दै थिइँन । तिनै फुच्चीलाई कालान्तरमा त्यही नाचले मिथिला शर्मा बनायो । २०१६ सालमा हो उनले पहिलो पल्ट स्टेजमा आफ्नो अभिनय प्रस्तुत गरेकी । त्यसबेला राजा महेन्द्रको जन्मोत्सव थियो ।

अहिले उमेर ५० नाघिन शर्माले । जीवनमा थुप्रै उतार चढावहरु भोगेकी उनको नृत्य व्यवसाय बन्यो । उनी आज पनि नाचिरहेकी छिन् ।

नाच्ने मात्रै होईन उनी साना नानीहरुलाई नृत्यका विभिन्न कला कौशलहरु सिकाउन दिनभर व्यस्त हुन्छिन् । सुरुमा रहरले मञ्चमा नाच्न उक्लिएकी मिथिलाको पछि भने नाच नै जीवन बन्न पुग्यो।

नाच्दा–नाच्दै उनको यात्रा रंगमञ्चमा उक्लियो । उनी नाटक खेल्न थालिन् । टेलिसिरियल हुँदै ठूला पर्दासम्मै देखिइन् । २०४२ सालमा चेतन कार्कीको निर्देशनमा तयार भएको चलचित्र ‘विश्वास’बाट चलचित्रको रंगीन दुनियाँमा होमिएकी मिथिलाले झण्डै एक सय २५ चलचित्रमा अभिनय गरेकी छन्।

भिडियोमा हेर्नुहोस् यस्तो छ उनको जीवनशैली

More News last news
Loading...