आज फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, निगम भन्छः अझै घाटा छ

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ।

निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य दुई-दुई रुपैयाँका दरले बढाएको निगमले जनाएको छ।

Advertisement

अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय २० रुपैयाँ पुगेको छ भने डिजल र मट्टीतेलको मूल्य एक सय तीन रुपैयाँ पुगेको छ।

यस्तै, आन्तरिक हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ।

मूल्य समायोजनपछि पनि निगमले १५ दिनमा ८८ करोड रुपैयाँका दरले घाटामा रहेको दाबी गरेको छ।

More News last news
Loading...