काठमाडौँ । साताको पहिलो दिन अर्थात आइतबार (आज) नेपाली बजारमा सुनको भाउ स्थिर छ। अघिल्लो दिन ९ सय रुपैयाँले बढेको सुन आज भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज छापावाल सुन प्रतितोला ८७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो।
त्यस्तै आज तेजावी सुन प्रतितोला ८६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, आज चाँदीको भाउ पनि स्थिर छ। आज चाँदी प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।
लामो समयको कोरोना महामारी र लकडाउन पछि ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय थोरै घट्बढ् हुने गरेको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
