आज ह्वात्तै बढ्यो सुनको भाउ, हेर्नुहोस् कति पुग्यो तोलाको ?

काठमाडौँ । साताको पाँचौ दिन अर्थात बिहीबार (आज) नेपाली बजारमा सुनको भाउ बढेको छ। अघिल्लो दिन ४ सय रुपैयाँले घटेको सुन आज भने प्रतितोला ९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज छापावाल सुन प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

त्यस्तै आज तेजावी सुन प्रतितोला ८६ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ८५ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला ११ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।

लामो समयको कोरोना महामारी र लकडाउन पछि ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय थोरै घट्बढ् हुने गरेको छ।

More News last news
Loading...