बिराज महर्जनले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

काठमाडौँ । डिफेन्डर विराज महर्जनले नेपाली राष्ट्रिय फुटबल टिमबाट सन्यास लिएका छन्। राष्ट्रिय टिममा डेब्यू गरेको १३ वर्ष पूरा गरेका  उनले सोमबार सन्यास लिएका हुन्।

काठमाडौँमा भएको थ्री नेसन्स कपका लागि राष्ट्रिय टिममा परेका विराजको यो प्रतियोगिता राष्ट्रिय टिमको अन्तिम प्रतियोगिता बन्यो।

Advertisement

सन् २००८ मार्च २५ मा पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका ३० वर्षीय विराज एन्फा एकेडेमीका उत्पादन हुन्।

विराजले सन् २००७ बाट थ्रीस्टार क्लबबाट व्यवसायिक फुटबल यात्रा सुरु गरेका थिए। उनले ९ वर्ष थ्रीस्टारबाट खेलेपछि २०१६ मा मनाङ मर्स्याङ्दी क्लबमा आबद्ध भइ सन् २०१९ मा मच्छिन्द्र क्लबमा पुगे। उनले खेलेका तीन वटै क्लबबाट लिग जित्ने अवसर पाए।

राष्ट्रिय टिमबाट ७५ खेल खेलेका उनले नेपाली टिमको कप्तानी गर्ने अवसर पनि पाए। अनिल गुरुङले सन्यास लिएपछि विराज नेपाली टिमको नियमित कप्तानको भूमिकामा देखिए।

नेपालले बंगबन्धु गोल्डकप, १२औँ साग र सोलिडारिटी कप जित्दा विराज मैदानमा कप्तानको भूमिकामा थिए।

More News last news
Loading...