बंगलादेशविरूद्ध नेपालको अग्रता दोब्बर, बिशाल राईले गरे दोस्रो गोल

काठमाडौँ । राजधानीमा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको फाइनलमा नेपालले बंगलादेशविरूद्ध अग्रता दोब्बर पारेको छ। नेपालका लागि बिशाल राईले दोस्रो गोल गरेका हुन्।

उनले खेलको ४१ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेका हुन्। यसअघि सन्जोग राईले पहिलो गोल गर्दै १८ महिना लामो अन्तर्राष्ट्रिय गोलको खडेरी टारेका थिए।

Advertisement

प्रतियोगितामामै पहिलो गोल गरेको नेपालले १८ महिनापछिकै पहिलो अन्तर्राष्ट्रिय गोल हो। राईले सुनिल वलको कर्नरमा गोल गरेका हुन्।

नेपालले यसअघि विश्वकप छनोटमा चाइनिज ताइपेविरुद्ध गोल गरेको थियो। २–० गोल अन्तरमा जितेको खेलमा नेपालले यसअघिको पछिल्लो अन्तर्राष्ट्रिय गोल थियो।‍ ताइपेविरुद्धको खेलमा अन्जन विष्टले दुई गोल गरेका थिए।

ताइपेपछि नेपालले विश्वकप छनोटमा अष्ट्रेलिया, जोर्डन र कुवेतसँग खेलेको थियो। अष्ट्रेलियासँग ५–० ले पराजित नेपाल जोर्डनसँग ३–० र कुवेतसँग १–० ले पराजित भएको थियो । त्यस्तै म्यानमारसँगको मैत्रीपूर्णमा नेपाल ३० ले पराजित भएको थियो।

More News last news
Loading...