घर पोत्ने माटो खन्ने क्रममा ढिस्कोले लागेर एक जनाको ज्यान गयो

सल्यान । सल्यानमा माटो खन्ने क्रममा एक जनाको ज्यान गएको छ भने एक जना गम्भिर घाईते भएका छन् ।

जिल्लाको सिद्धकुमाख गाउँपालिका वडा नम्बर २ साल्घारी बस्ने ४५ बर्षीय एलि चलाउनेको माटो खन्ने क्रममा माथिबाट आएको ढिस्कोले लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ।

Advertisement

शनिवार दिउँसो ५ जना महिला घर देखि १० मिनेट टाढा घर पोत्ने माटो खन्ने क्रममा माथिबाट आएको माटोको ढिस्कोले लागेर सोही ठाउँ बस्ने ३२ बर्षीय पौरी बोहरा र एलि चलाउने गम्भिर घाईते भएका थिए।

चलाउनेको उपचारका लागि श्रीनगरमा रहेको सारदा मेट्रोमा उपचार गर्न ल्याएको र अवस्था गम्भिर भएपछि थप उचारका लागि जिल्ला अस्पताल सल्यान लगिएकोमा उनको त्यहीँ मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सल्यानका सुचना अधिकारी प्रहरी निरक्षक लक्ष्मण ओलीले जानकारी दिए ।

गम्भिर घाईते बोहराको भने श्रीनगरमा रहेको सारदा मेट्रोमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।

More News last news
Loading...