फागुपूर्णिमाको अवसरमा हाइग्राउन्ड एड्भेन्चर्स पोखरामा ‘फुलमुन बन्जी’

पोखरा । हाइग्राउन्ड एड्भेन्चर्स नेपालद्वारा संचालित पोखराको हेम्जामा रहेको बन्जी जम्पमा चैत्र १५ गते फागुपूर्णिमाको रातमा ‘फुलमुन बन्जी’ हुने भएको छ।

साहसिक खेलमा फरक स्वाद दिन फुलमुन बन्जी संचालन गर्न लागेको कम्पनीका सीओओ दिनेश मर्हजनले जानकारी दिए । पोखरामा साहसिक पर्यटनका लागि अन्य खेलहरु भएपनि बन्जी जम्प रातमा अन्यत्र नभएको उनको दाबी छ।

Advertisement

रातीमा जम्प गरिने भएकोले झन ‘थ्रील’ र रोमाञ्चकता थप्ने महर्जन तर्क छ। फुलमुन बन्जी सुरु हुनु अगाडि म्युजिकल इभेन्टहरु समेत संचालन हुनेछन्। कार्यक्रम साँझ ७ बजे देखि राति ११ बजे सम्म सञ्चालन गरिनेछ।

फुलमुन बन्जी गर्न प्रतिव्यक्ति ५ हजार लाग्ने महर्जनले बताए। फुलमुन बन्जीको यस छैठौं संस्करणमा करिब ५० जनालाई सहभागी गराउने लक्ष्य कम्पनीले लिएको र प्रिबुकिङ सुरु भएको बताइएको छ।

मंगलम ग्रुप र गोल्छा अर्गनाइजेसनको संयुक्त लगानीमा हेम्जामा बन्जीजम्प संचालन भएको करिब एक दशक भैसकेको छ। यो नेपालमा संचालित पहिलो टावर बन्जीजम्प पनि हो।

४५ मिटर लामो पुल आकारको क्यान्टिलिभर टावरबाट ७२ मिटर तलको याम्दी खोला किनारमा बन्जीजम्प गराउने गरिएको छ। कम्पनीले पोखरामै सराङकोटदेखि हेम्जासम्म नेपालकै पहिलो र लामो जीपलाइन समेत संचालन गरिरहेको छ।

More News last news
Loading...