मुक्तिनाथ बैंकको होली सप्ताह अफर: घरबाटै सेवा लिन सकिने, नि:शूल्क डिम्याट खाता

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले फागू पूर्णीमाको अवसरमा ‘ होली सप्ताह अफर’ ल्याएको छ।

यस अफर अन्तर्गत चैत्र ०६ देखि १३ गते भित्र बैंकको सामान्य बचत खाता खोलेमा रु १०० मा नै मुक्तिनाथ भिसा डेबिट कार्ड पाउन सकिनेछ।

Advertisement

यसका लागि ग्राहकले डेबिट कार्डका लागि फारम या आवेदन पनि यही अफर समय अवधिभित्र दिनु पर्नेछ।

साथै ग्राहकले खाता खोलेको मितिदेखि ३ महिनासम्म मुक्तिनाथ मोबाइल बैंकिङ्गको सुविधा निशूल्क लिन सक्नेछन्।

यस होली सप्ताह अफरसँगै ग्राहकले चाहेमा निशूल्क डिम्याट खाता पनि बैंक मार्फत खोल्न सक्ने सक्ने बैंकले जानकारी दिएको छ। बचत र डिजिटल कारोबारको प्रोत्साहन गर्न बैंकले यो अफर ल्याएको हो।

विकास बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भिसा नेटर्वक अन्तर्गतको जुन सुकै बैंकको एटिएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ।

त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा जस्ता काम घरबाट गर्न सकिने व्यवस्था गरिएको छ।

More News last news
Loading...