आज बढ्यो सुनको भाउ, हेर्नुहोस् कति पुग्यो तोलाको ?

काठमाडौँ । साताको पहिलो दिन अर्थात आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ।

शुक्रबार ३ सय रुपैयाँले घटेको सुनको भाउ आज भने प्रतितोला ५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement

आज छापावाल सुन प्रतितोला ८७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला ८६ हजार ७०० सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजापी सुन प्रतितोला ८६ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ८६ हजार २ सय ५० सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ। आज चाँदी ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।

More News last news
Loading...