काठमाडौँ । सिन्धु विकास बैंकले नायव प्रमुख कार्यकारी अधिकृतमा रामकुमार गिरीलाई नियुक्त गरेको छ।
बैँक सञ्चालक समितिले २०७७ चैत २ गतेदेखि लागु हुने गरी गिरीलाई नायव प्रमुख कार्यकारी नियुक्त गरेको हो। गिरीसँग नेपाल बंगलादेश बैंक, सनराइज बैंक लगायतमा काम गरेको लामो अनुभव छ।
उनले कम्युनिटी डेभलपमेण्ट बैँकमा प्रमुख कार्यकारी अधिकृत तथा एक्सेल डेभलपमेण्ट बैँकमा नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्य गरी बैंकिङ क्षेत्रमा करिब २१ वर्ष भन्दा बढी काम गरेका छन्।
बैंकमा कर्मचारी सञ्चय कोषलगायत बैँकका पूर्व प्रमुख कार्यकारी अधिकृतसहितको सञ्चालक समिति रहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
