समृद्धि फाइनान्सको नयाँ शाखा चितवनमा

भरतपुर । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले शाखा विस्तार गरेको छ। चितवनको नारायणगढस्थित मिलनरोड शाखाको शुक्रबार उद्घाटन गरिएको छ।

संस्थाका अध्यक्ष तथा प्रमुख अतिथि विनोद कुमार सुवेदी, सञ्चालक दीपक अधिकारी र चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेलले एक कार्यक्रमबीच शाखा उद्घाटन गरेका हुन्। यसअघि फागुन १२ गते विधिवत रुपमा पोखरा शाखा सुचारु भएको थियो ।

Advertisement

नयाँ शाखाहरु सहित देशभरि संस्थाको शाखा सञ्जाल पाँचवटा पुगेको छ । संस्थाले आगामी दिनमा थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने योजना रहेको फाइनान्सले जनाएको छ ।

संस्थाको आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, एसएमएस अलर्ट, क्लियरिङ लगायतका सेवाहरु प्रदान गरिरहेको छ।

निक्षेपमा आकर्षक व्याजदर कायम गरेको संस्थाले हायर पर्चेज, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यवसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ।

More News last news
Loading...