शुक्लागण्डकी च्यवन धामको खुल्ला भजन प्रतियोगिता, मेयर गुरुङद्वारा आर्थिक सहयोग

काठमाडौँ । महाशिवरात्रीको अवसरमा मुक्तिनाथ शुक्लागण्डकी च्यवन धाम मन्दिरले खुल्ला भजन प्रतियोगिताको आयोजना गरेको छ।

Advertisement

उक्त प्रतियोगितामा १० टिमको सहभागिता रहेको नयाँ पुस्ता डटकमका तनहुँ प्रतिनिधि प्रेम अर्यालले जानकारी दिए। यसै क्रममा उक्त कार्यक्रमका प्रमुख अथिति समेत रहेका शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरूङले कोरोना बिमाबाट आएको बिस हजार रुपैयाँ मन्दिरलाई सहयोग समेत गरेका छन्।

मेयर गुरुङलाई केही समयअघि कोरोना पोजेटिभ देखिएको थियो। कोरोना संक्रमण देखिएपनि उनी होम आइसोलेसनमा समेत रहेका थिए।

कोरोना बिमाबाट आएको रकम गुरुङले हिन्दूहरुको विशेष चाड महादिवरात्रीको अवसर पारेर मन्दिरलाई सहयोग गरेका हुन्।

More News last news
Loading...