कास्की । ईन्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस लामाचौर पोखरामा रोबोटिक्स क्लबको कार्यकारी प्रमुखमा शिशिर बाबु रिजाल चयन भएका छन् ।
क्लवको १६ औँ अधिवेशनबाट ईलेक्ट्रोनिक्स तेस्रो वर्षमा अध्ययनरत रिजाल क्लबको कार्यकारी प्रमुख चयन भएका हुन् ।
साथै अधिवेशनबाट सचिन गिरी, रोशन केसी, शिक्षा श्रेष्ठ, सगर थापा र कुशल गुरागाँई चयन भए । कार्यक्रममा ईलेक्ट्रोनिक्स विभागका प्रमुख हरि बराल, मेकानिकल डिपार्टमेन्टका प्रमुख डा.प्रबिज जोशी तथा ईलेक्ट्रिकल डिपार्टमेन्टका सहायक प्रमुख सुरज श्रेष्ठ गुरुहरुले मन्तब्य राखेका थिए ।
उनीहरुले डिपार्टमेन्टले क्लबलाई साथ र सहयोग गर्न सधै तयार रहेको बताए । कार्यक्रममा नवनिर्वाचित समितिका प्रमुख तथा सदस्यहरुले क्लबले अझै धेरै प्राविधिक कार्यहरुका लागि विद्यार्थीहरु सँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
