आज बढ्यो सुनको भाउ, हेर्नुहोस् कति पुग्यो तोलाको ?

काठमाडौँ । साताको पहिलो दिन अर्थात आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ।

अघिल्लो दिन तोलामा ९ सय रुपैयाँले घटेको सुनको भाउ आज प्रतितोला ५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement

आज छापावाल सुन प्रतितोला ८६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी आज तेजावी सुन प्रतितोला ८५ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ८५ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको भाउ भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

More News last news
Loading...