स्याङजा । मेरो प्यारो वाइड स्पेस युवा क्लब स्याङजा भीरकोट-७ को आयोजनामा खुला पुरुष भलिवल प्रतियोगिता सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एबम् प्रदेश सभा उम्मेद्वार बिष्णु पौडेल, नेपाल तरुण दल स्याङ्जाका उपसभापति कुल बहादुर गुरुङ, नेकपा भीरकोटका अध्यक्ष विश्वनाथ अर्याल, नेपाली कांग्रेस भीरकोटका सहसचिव तारा अर्याल, नेपाल तरुण दल भिरकोटका अध्यक्ष राजकुमार गुरुङ, विश्व हिन्दू युवा संघ स्याङ्जाका अध्यक्ष नबराज पौडेल, स्कूल अफ डेमोक्रेसी स्याङ्जाका उप सभापति सागर कुँवर, तरुण नेता सूर्य अधिकारी, भीरकोट स्कूल अफ डेमोक्रेसी का अध्यक्ष रुद्र ढुंगाना लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले खेल क्षेत्रले देश विकासमा ठूलो भूमिका खेलेको बताए। उनले खेलको माध्यम बाट नै समाजलाई परिवर्तन गर्न सकिनेमा जोड दिए।
प्रतियोगितामा आँधीखोला पिस युथ क्लव प्रथम स्थान हासिल गरेको छ भने आयोजक टिम भएको छ। कार्यक्रमको सभापतित्व क्लबका अध्यक्ष केशर बहादुर क्षेत्रीले गरेका थिए। क्लबका पूर्व सदस्य एबम् सहिदहरुको स्मृतिमा प्रतियोगिताको आयोजना गरिएको हो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
