इन्धनको मूल्य बढेपछि हवाई भाडा पनि बढ्यो

काठमाडौँ । हवाई इन्धनको मूल्य वृद्धि भएसँगै वायुसेवा सञ्चालक संघले हवाई भाडा वृद्धि गरेको छ । संघले २० देखि २२० रुपैयाँसम्म फ्युल सरचार्ज बढाएको हो।

बिहीबार संघले प्रेस विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमले सोमबारदेखि हवाई इन्धनमा मूल्य बढाएपछि भाडामा पनि मूल्य समायोजन गर्ने निर्णय भएको जनाएको छ।

Advertisement

सबैभन्दा बढी काठमाडौं–धनगढीमा र सबैभन्दा कम डोटी–साँफेबगरमा फ्युल सरचार्ज बढेको छ। नयाँ भाडादर शुक्रबारबाट लागू हुने संघले जनाएको छ।

संघले यसअघि फागुन ८ गते पनि १० देखि ९० रुपैयाँसम्म हवाई भाडा वृद्धि गरेको थियो

More News last news
Loading...