आज बढ्यो सुनको भाउ, हेर्नुहोस् कति पुग्यो तोलाको ?

काठमाडौँ । साताको दोस्रो दिन अर्थात सोमबार नेपाली बजारमा सुनको भाउ केही बढेको छ।

अघिल्लो दिन तोलामा ५ सय रुपैयाँले घटेको सुनको भाउ आज पनि प्रतितोला ४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement

आज छापावाल सुन प्रतितोला ८८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला ८८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी आज तेजावी सुन प्रतितोला ८८ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ८७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १ हजार ३ सय २५ रुपैयाँमा रुपैयाँमा कारोबार भएको थियो।

More News last news
Loading...