विप्लवसँग छिट्टै वार्ता गर्छु : प्रधानमन्त्री ओली

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द (विप्लव) समूहसँग चाँडै वार्ता गरिने बताएका छन्।

झापाको कमल गाउँपालिका–७ मा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

Advertisement

उनले वार्ताका लागि प्रकिया चलिरहेको र केही दिनमा नै यसबारेमा सबैलाई थाहा हुने पनि बताए।

सरकारले विप्लव समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई प्रतिबन्ध लगाएको छ। केही समयअघि विप्लव समूहले एक विज्ञप्ति जारी गर्दै वार्ताका लागि सकारात्मक भएको बताएको थियो।

अर्को प्रसङ्गमा बोल्दै उनले नेपाल विकासशील देशको सूचीमा परिसकेको र आफूँहरु विकासको यात्रामा अघि बढेको बताए।

‘विकासको क्रममा हामी अघि बढेका छौं, संयुक्त राष्ट्रसंघीय निकायले नेपाललाई विकासशील देशको सूचीमा राख्न सिफारिस गरि सकेकाले पनि हामी कता जाँदैछौं देखाएको छ, अलिकति समस्या शान्तिसँग जोडिएको विषय छ तर त्यो समस्याको चाँडै समाधान गरिने छ,’ उनले भने।

More News last news
Loading...