बालाजु सडक विस्तारको विरोधमा माइतीघरमा प्रदर्शन

काठमाडौँ । बृहत नागरिक आन्दोलन र सम्पदा संरक्षण अभियानकर्मीहरुले काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्।

बालाजु सडक विस्तार र कमलपोखरीमा कंक्रिटयुक्त संरचना बनाएको विरोधमा कवि, लेखक तथा संरक्षणकर्मीहरुले आज बिहान माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरेका हुन्।

Advertisement

प्रदर्शनमा राजेन्द्र महर्जन, विद्या श्रेष्ठ, नारायण वाग्ले लगायत सहभागी थिए। अन्य व्यक्तिहरु परम्परागत नेवारी भेषभुषा र बाजागाजासहित प्रदर्शन सहभागी थिए। अभियानकर्मीहरुले ‘विकासको नाममा प्रतिगमन’ लेखिएको ब्यानर बोकेका थिए।

उनीहरुले बालाजु सडक विस्तारको विरोध गर्नेहरुमध्ये विरोचन श्रेष्ठ र सुमन सायमीलाई प्रहरीले नियन्त्रणमा लिएकाले उनीहरुलाई तत्काल रिहाइको माग गरे।

सम्पदा बचाउन माग गर्दै उनीहरु माइतीघर मण्डलाबाट कमलपोखरी पनि पुग्दैछन्। कमलपोखरीको बिचमा ढलान गरिएको कमलको फूलको आकृति राखिएको छ।

More News last news
Loading...