आज पनि घट्यो सुनको भाउ, हेर्नुहोस् कति पुग्यो तोलाको ?

काठमाडौँ । साताको छैटौँ दिन अर्थात शुक्रबार पनि नेपाली बजारमा सुनको भाउ घटेको छ।

बुधबार तोलामा ३ सय रुपैयाँले घटेको सुनको भाउ आज भने तोलामा ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement

आज छापावाल सुन प्रतितोला ८८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला ८९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी आज तेजावी सुन प्रतितोला ८८ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ८८ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।

More News last news
Loading...