पोखरामा आफ्नै बाबुको हत्या गरेको अभियोगमा छोरा पक्राउ

पोखरा । पोखराबाट आफ्नै बुवाको हत्या गरेको अभियोगमा छोरा पक्राउ परेका छन्।

कास्कीको अन्नपूर्ण गाउँपालिका ३ पाउँदुरकोट स्थायी घर भई हाल पोखरा महानगरपालिका ३२ महकुना बस्ने ५८ बर्षीय जुमबहादुर कामीको हत्या गरेको अभियोगमा उनका छोरोलाई कास्की प्रहरीले पक्राउ गरेको हो।

Advertisement

फागुन ९ गते राती बाबु-छोराबीच झगडा हुँदा मृतकको छोरा ३४ बर्षीय रामकृष्ण कामीको प्रहारबाट जुमबहादुरको मृत्यु भएको खुलेको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिए।

झगडाका क्रममा छोरा रामकृष्णले काठको अग्लोले प्रहार गर्दा मृत्यु भएको अनुसन्धानका क्रममा खुलेको उनले बताए।

रामकृष्णलाई कर्तव्य ज्यान मुद्दा दर्ता गरी कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाएको प्रवक्ता डिएसपी हमालले बताए।

More News last news
Loading...