काठमाडौँ । साताको दोस्रो दिन अर्थात सोमबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ।
आइतबार तोलामा ८ सय रुपैयाँले बढेको सुनको भाउ आज भने स्थिर रहेको छ। आज छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो।
त्यसैगरी तेजावी सुन प्रतितोला ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको भाउ भने घटेको छ। आज चाँदी प्रतितोला १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
