काठमाडौँ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको छ।
शुक्रबार छापावाला सुन ८८ हजार २ रुपैयाँमा कारोबार भएको थियो भने आइतबार प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी तेजावी सुन प्रतितोला ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार बजार प्रतितोला चाँदी १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार प्रतितोला चाँदी १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भएको थियो।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
