९० हजार तल झर्‍यो सुनको मूल्य, चाँदी पनि घट्यो

काठमाडौँ । साताको चौँथो दिन आज (बुधबार) पनि नेपाली बजारमा सुनको भाउ पुनः घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार एकैदिन सुनको मूल्य १ हजार १ सय रुपैयाँले घटेको छ।

Advertisement

यो सँगै बुधबार छापावाल सुनको भाउ प्रतितोला ८९ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला ९० हजार ९ सय रुपैयाँ र तेजावी सुन प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार बुधबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ ।

मंगलबार तोलाको १ हजार ३ सय ६० रुपैयाँमा किनबेच भएको चाँदीको भाउ आज भने तोलामा २० रुपैयाँले घटेको हो ।

More News last news
Loading...