क्यान महासंघ झापा शाखाको छैटौं वार्षिक साधारणसभा सम्पन्न

झापा । क्यान महासंघ झापा शाखाको छैटौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।

विर्तामोड नगरपालिका-४ स्थित गोमेन्द्र महाविद्यालयको सभाहलमा सम्पन्न कार्याक्रममा प्रमुख अतिथि क्यान महासंघका केन्द्रिय सदस्य भुपेन्द्र मैनाली रहेको कार्यक्रममा झापा क्यानका संस्थापक अध्यक्ष तथा पुर्व केन्द्रीय सदस्य दिपेश पाठक विशिष्ट अतिथिको रुपमा प्रदेश १ का सचिव रोशन दहालको सहभागिता रहेको थियो।

Advertisement

क्यान महासंघ झापा शाखाका अध्यक्ष राजु श्रेष्टको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष सुभ कुमाई पाठकले स्वागत मन्तव्य राखेका थिए ।

उनले विस्वमा कोरोना महामारीले ग्रस्त भएको यो विसम परिस्थितिमा झापा क्यानले सोचे अनुरुप कार्य गर्न नसके पनि समाजलाई डिजिटल रुपान्तरण गर्ने कार्यमा झापा क्यानले उल्लेख्य कार्य गरेको बताए।

कार्यक्रमलाई सुभकामना दिँदै कार्याक्रमका प्रमुख अतिथि क्यान महासंघका केन्द्रिय सदस्य मैनालीले क्यानको गरिमामय इतिहासबारे प्रस्ट पारेका थिए ।

उनले क्यानले सरकारको नीति निर्माण तथा प्रविधीको क्षेत्रमा उलेख्य भूमिका खेलेको समेत प्रस्ट पारे । कार्यक्रमका क्रममा संस्थाको सचिव कृष्ण प्रसाद घिमिरेले प्रगती प्रतिवेदन पेस गरेको थियो भने कोषाध्यक्ष विनोद श्रेष्ठले आर्थिक प्रतिवेदन पेस गरेका थिए।

उक्त कार्याक्रममा झापा जिल्लामा प्रविधीको क्षेत्रमा सेवारत संस्थाका प्रतिनिधी पत्रकार, सदस्य लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

संस्थापक अध्यक्ष तथा पुर्व केन्द्रीय सदस्य दिपेश पाठकले समग्र झापा क्यान तथा क्यान महासंघको भूमिका र विकास क्रमको बारे प्रस्ट्याउनु भएको क्यान झापाका कार्यकारी सदस्य तथा मिडिया को-अडिनेटर डिल्लीराम अधिकारीले बताए।

More News last news
Loading...