पौडेल वंश महासंघ सर्लाहीको जिल्ला भेला सम्पन्न, रुद्र प्रसादको अध्यक्षतामा १७ सदस्यीय समिति गठन

सर्लाही । पौडेल वंश महासंघ सर्लाहीको प्रथम जिल्ला भेला नेतृत्व चयन गर्दै हरिवन मा सम्पन्न भएको छ।

कूलपुजा ब्यबस्थापन प्रदेश दुईका संयोजक कृष्ण चन्द्र पौडेलको अध्यक्षता एवम महासंघका केन्द्रिय सदस्य तथा सर्लाही जिल्ला समन्वय समितिकी उपप्रमुख जमुना पौडेलको प्रमुख आतिथ्यतामा हरिवनमा सर्बसम्मत रुपमा नयाँ नेतृत्व चयन गर्दै भेला सम्पन्न भएको हो।

Advertisement

देशका ७७ वटै जिल्लाका साथै विश्वका १२७ देशमा छरिएर रहेका पौडेलहरुको आफ्नै बंश बंशावली रीतिथिती परम्परा धर्म सस्कृती भएता पनि एकता को सुत्र मा बाधिन नसक्दा आफ्नै आफ्नै बन्धु बान्धब बिच पनि टाठा हुनु परिरहेको हुदा एकता को सुत्रमा बाध्दै एकै किसिमका कुलपुजा, बंशाबली तयार गर्ने उदेश्यले भेला र जिल्ला महासंघ गठन गर्नुपरेको केन्द्रिय सदस्य सन्तोष पौडेलले बताए ।

सर्बसम्मत रुपमा चयन महासंघको उपाध्यक्षमा नर्बदा पौडेल, सचिबमा प्रेमनाथ पौडेल, कोषाध्यक्षमा केशब पौडेल सदस्यमा मणिराम पौडेल, उद्दब प्रसाद पौडेल, हरिकृष्ण पौडेल, नेत्रप्रसाद पौडेल, जनक पौडेल, कमल प्रसाद पौडेल लगायत रहेका छन।

रमेश पौडेलको संयोजकत्वमा ९ सदस्यीय कुलपुजा ब्यबस्थापन समिति

भेलाले रुद्र प्रसाद पौडेल अध्यक्षरहेको १७ सदस्य जिल्ला माहसंघ र रमेश पौडेल संयोजक रहेको ९ सदस्य कुलपुजा ब्यबस्थापन समिती गठन गरिएको महासंघले जनाएको छ।

कुलपुजा ब्यबस्थापन समितिको सचिबमा पुर्षोतम पौडेल, सदस्यमा केशब पौडेल, शान्ति प्रसाद पौडेल, ललिता पौडेल र बिधा पौडेल चयन भएका छन् ।

महासंघ उद्दघाटन सत्रमा पौडेल बन्धुको पहिचान सामाजिक बिकाश आर्थिक उपार्जनको क्षेत्रमा लाग्दै बंशबाली तयार र कुलपुजामा एकरुपता ल्याउन सबै तह र क्षेत्रबाट एकताबद्द हुन सक्नुपर्नेमा जोड सहभागीले जोड दिएका थिए।

भेलामा दुर्गाहरी पौडेल, दधिराम पौडेल, उद्दब प्रसाद पौडेल, देवराज पौडेल लगायतले आ–आफ्नो धारणा राखेका थिए।

More News last news
Loading...