विश्वभर ७ करोड ९८ लाख मानिस कोरोना मुक्त, २३ लाख ६२ हजारको मृत्यु

काठमाडौँ । विश्वभरमा सात करोड ९८ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन्। बिहीबार बिहानसम्ममा सात करोड ९८ लाख १२ हजारसात सय २६ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा १० करोड ७८ लाख १९ हजार पाँच सय ९३ जनामा कोरोना संक्रमित भएको छन् । संक्रमितमध्ये २३ लाख ६२ हजार सात सय पाँच जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा दुई करोड ५४ लाख ९५ हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।

Advertisement

अमेरिका र भारत सबैभन्दा बढी प्रभावित

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म दुई करोड ७८ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन्।

संक्रमितमध्ये एक करोड ७७ लाख नौं हजारभन्दा बढी निको भएका छन् भने चार लाख ८२ हजार सात सय २९ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

यस्तै, भारतमा हालसम्म एक करोड आठ लाख ७८ हजारभन्दा बढी मानिस संक्रमित भएका छन्।

संक्रमितमध्ये एक करोड पाँच लाख ७१ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ५५ हजार तीन सय ९९ जना पुगेको छ।

नेपालमा २ लाख साढे ६८ हजार बढी निको

नेपालमा हालसम्म दुई लाख ७२ हजार तीन सय ४९ जनामा कोरोना पुष्टि भएको छ ।

संक्रमितमध्ये दुई लाख ६८ हजार पाँच सय ४९ जना निको भएका छन् । यहाँ कोरोनाबाट दुई हजार ४७ जनाले ज्यान गुमाइसकेका छन् ।

More News last news
Loading...