काठमाडौँ । आज साताको चौँथो दिन अर्थात बुधबार सुनको भाउ स्थिर रहेको छ।
हिजो ह्वात्तै बढेका सुनको भाउ आज भने स्थिर रहेको हो। आज छापावाल सुन प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो।
आज तेजावी सुन प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै आज चाँदीको भाउ पनि स्थिर छ। आज चाँदी प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भएको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
