६ महिनामा झण्डै पाँच खर्ब रेमिट्यान्स भित्रियो, विदेश जाने ७३ प्रतिशतले घटे

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा झण्डै पाँच खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। साउनदेखि पुससम्म चार खर्ब ९५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

यो गएको वर्षको पहिलो ६ महिनाको तुलनामा ११ दशमलव १ प्रतिशतले धेरै हो। अमेरिकी डलरमा भित्रने रेमिट्यान्स ६ दशमलव ७ प्रतिशतले बढेर चार अर्ब १९ करोड पुगेको छ।

Advertisement

यस्तै पछिल्लो ६ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ७७ दशमलव ६ प्रतिशतले घटेको छ। वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ६८ दशमलव ९ प्रतिशतले घटेको छ।

यस्तै सरकारको चालु खाता पुससम्म ४९ अर्ब ५३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको पहिलो ६ महिनामा चालु खाता ७९ अर्ब ६५ करोडले घाटामा रहेको थियो ।

More News last news
Loading...