काठमाडौँ । नेपाली काँग्रेसले नेपाल सहकारी बैंक खोल्ने भएको छ। काँग्रेसले नयाँ बैंक दर्ताका लागि फाइल सहकारी विभागमा पेश गरेको छ।
नेपाली काँग्रेसको सहकारी विभाग प्रमुख एवं पूर्वमन्त्री आनन्द ढुंगानाको नेतृत्वमा सहकारीकर्मीले आइतबार बैंक दर्ताको फाइल सहकारी विभागमा बुझाएका हुन्।
बैंक दर्ताका लागि राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेल सहित सहकारीकर्मीको टोली पुगेको थियो।
अहिले सहकारीको एक मात्र राष्ट्रिय सहकारी बैंक छ। उसले कर्जा प्रवाह, निक्षेप संकलन लगायतमा विभेद गरेको भन्दै काँग्रेस समर्थित सहकारीकर्मीले लामो समयदेखि अर्को बैंक दर्ता पहल गरेका थिए।
प्रस्तावित नेपाल सहकारी बैंकका अध्यक्ष सुरेन्द्र भण्डारीले अहिलेको बैँक सञ्चालनमा राजनीति हाबी हुनु, कर्जा लगानीमा विभेद गर्नु लगायतका कारणले नयाँ बैकको आवश्यकता महसुस गरी दर्ता गर्न लागिएको बताए।
बैंक स्थापना गर्न माघ १७ गते राजधानीमा भेला भएको थियो। भेलाले भण्डारीको अध्यक्षतामा २५ सदस्यीय संचालन समिति चयन गरेको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
