काठमाडौँ । आज साताको पहिलो दिन अर्थात आइतबार सुनको भाउ पुनः उकालो लागेको छ । आज छापावाल सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, तेजावी सुन प्रतितोला ९० हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजावी सुन प्रतितोला ८९ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।
आज सुनको भाउसँगै चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला १ हजार ३१० रुपैयाँमा कारोबार भएको छ । हिजो चाँदी प्रतितोला १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
