विद्यालय गएकी किशोरीको शव फेला

बैतडी । जिल्लामा किशोरीको शव फेला परेको छ।

दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट बिहीबार साँझ मृत अवस्थामा भेटिएकी हुन्।

Advertisement

किशोरीको शव स्थानीय लवलेक जगंलमा विभत्स अवस्थामा फेला परेको मृतकका आफन्त शिवराज भट्टले जानकारी दिए।

बुधबार घरबाट विद्यालय गएकी र घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजे भट्टको शव हत्या गरी फालिएको अवस्थामा फेला परेको भट्टले बताए।

More News last news
Loading...