काठमाडौँ । उपत्यकामा बर्डफ्लुको संक्रमण भेटिएपछि उपभोक्तामा त्रास फैलिँदा कुखुराको मासु खपत घटेको छ।
राजधानीमा किसानले पालेका टर्की र हाँसमा बर्डफ्लु भेटिएको शनिबार सार्वजनिक भएसँगै मासु बिक्री घटेको हो।
बर्डफ्लु भेटिएको हल्लापछि मासु बिक्री कम भएको काठमाडौँको बनस्थलीमा मासु पसल गर्दै आएका राजन श्रेष्ठले बताए ।
नियमितभन्दा आइतबार करिब २० प्रतिशत कम मासु बिक्री भएको छ, श्रेष्ठले भने, बर्डफ्लु भेटिएको हल्लाले उपभोक्ता डराए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
