काठमाडौँ । नेकपाको केपी ओली पक्षले नुवाकोटको बट्टारमा राखेको कार्यक्रममा सहभागी हुन आएका उपप्रधानमन्त्री तथा सो समूहका सचिवालय सदस्य ईश्वर पोखरेललगायतका नेताहरुलाई प्रचण्ड-नेपाल पक्षका कार्यकर्ताले कालो झण्डा देखाएका छन्।
नुवाकोटको बट्टार क्याम्पस अगाडि ओलीको कदमको विरोध गर्न भेला भएका प्रचण्ड-नेपाल पक्षका कार्यकर्ताले पोखरेललगायतलाई कालोझण्डा देखाएका हुन्।
सो क्रममा प्रहरी हस्तक्षेप हुँदा प्रचण्ड नेपाल पक्षका विनोद कोइराला, प्रदीप भट्ट, दिपेश चित्रकारलगायत ५ जना सामान्य घाइते भएको प्रचण्ड नेपाल समूह निकट राष्ट्रिय युवासंघका सुरेश अधिकारीले जानकारी दिए।
सो क्रममा प्रदर्शनकारीले ढुंगामुढा गर्दा २ सटा सरकारी गाडीमा क्षति समेत भएको छ। ओली समूहले नुवाकोटको बट्टारमै सभाको आयोजना गरेको छ।
सो सभामा पोखरेलसहित ऊर्जामन्त्री टोपबहादुर रायमाझी, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाललगायतले सम्बोधन गर्ने बताइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
