काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले १५ प्रतिशत लाभांश पारित गरेर शुक्रबार साधारण सभा सम्पन्न गरेको छ।
बैंकको १९औँ सभा आम्रपाली बैंक्वेट बालुवाटारमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो। सभाले आर्थिक वर्ष ०७६/०७७ को नाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
बैंकले ९ अर्ब ७८ करोड ७७ लाख ६७ हजार १३८ बराबरको १ अर्ब १७ करोड ४ लाख ३२ हजार ५७ रुपैयाँको बोनस तथा ३ प्रतिशतको २९ करोड ३६ लाख ३३ हजार रुपैयाँको नगद लाभांश वितरण गर्ने प्रस्तावहरु परित गरेको जनाएको छ।
यसको साथै सभाबाट संचालक समितिमा संस्थापक शेयरधनी समुहको तर्फ ३ जना र सर्वसाधारण शेयरधनीबाट २ जना निर्विरोध निर्वाचित भएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
