आज बढ्यो सुनको भाउ, हेर्नुहोस् तोलाको कति ?

काठमाडौँ । आज साताको पहिलो दिन अर्थात आइतबार सुनको भाउ सामान्य बढेको छ। अघिल्लो दिन स्थिर रहेको सुनको भाउ आज १ सय रुपैयाँले बढेको हो।

आज छापावाल सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

त्यस्तै तेजावी सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।

More News last news
Loading...