कलंकीमा खुल्यो सस्तो तरकारी बजार

काठमाडौँ । काठमाडौँको कलंकीमा सस्तो तरकारी बजार खुलेको छ।

युवा उद्यमी विजयकुमार केसी र सन्तोष घिमिरेको सयुक्त लगानीमा खुलेको उक्त तरकारी बजारको उद्धघाटन शुक्रबार कृषी तथा पशुपंक्षी मन्त्री पद्यमा अर्यालले गरेकी हुन्।

Advertisement

आम उपभोक्तालाई सस्तो मूल्यमा ताजा तरकारी सहज ढंगले उपलब्ध गराउने उदेश्यका साथ कलंकीको मकालु पेट्रोल पम्प अगाडी तरकारी बजार सञ्चालन ल्याएको सञ्चालक केसीले बताए।

‘हामीले बल्खु तथा कालिमाटीको भन्दा सस्तो दररेटमा सिजनेबल तथा अग्यानिक तरकारी उपलब्ध गराउँछौं’ उनले भने।

गत कार्तिक २० गतेबाटै बजार सञ्चालनमा ल्याएपनि आज विधिवतरुपमा उद्धघाटन गरिएको केसीले बताए। उक्त तरकारी बजारमा १०५ वटा स्टलहरु रहेका छन्।

बिहान ४ बजेदेखि बेलुका ८ बजेसम्म खुल्ने उक्त तरकारी बजारमा आगामी दिनमा माछा मासु पनि उपलब्ध गराइने उनले बताए। उनले अर्डर अनुसार उपत्यकाभरि तरकारी डेलिभरि पनि गर्ने गरेको बताए।

More News last news
Loading...