अनामनगरमा आजदेखि ६५ रुपैयाँमै खाना खान पाइने

काठमाडौँ । काठमाडौँको अनामनगरमा आजदेखि ६५ रुपैयाँमै खाना खान पाइने भएको छ।

लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियाशिल रहदै आएको हाम्रो टिम नेपाल नामक सामाजिक संस्थाले सस्तोमा खुवाउने व्यवस्था गर्न लागेको हो।

Advertisement

न्युन आए भएका व्यक्तिलाई लक्षित गरी नाफा कमाउने भन्दा पनि सेवा दिने उद्धेश्यले सस्तोमा खाना उपलब्ध गराउन लागिएको हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले जानकारी दिए।

सरकारले गत बर्षको चैतमा एक्कासी लकडाउन गरेपछि विचल्लीमा परेका गरिव तथा मजदुरहरुलाई खुल्ला मञ्चमा निःशुल्क खाना खुवाउदै आएको संस्थाले नै अहिले “हाम्रो खाना घर” खोलेको छ।

खानाघरबाट भएको आम्दानीले तीनै गरिवहरुलाई निःशुल्क खाना खुवाउने उद्धेश्य रहेको अध्यक्ष पन्तले बताए।

दैनिक एक हजार जनालाई खाना खुवाउन सकिने उनको भनाई छ। खानाघर स्थापनाका लागि झण्डै २० लाख रुपैयाँ खर्च भएको पनि उनले बताए।

हाम्रो टिम नेपालले कपडा बैंक स्थापना गरेर गरिवलाई निःशुल्क कपडा वितरण गर्ने अभियान पनि सञ्चालन गर्दै आएको छ।

More News last news
Loading...