आज पनि घट्यो सुनको भाउ, हेर्नुहोस् तोलाको कति ?

काठमाडौँ । आज साताको छैटौँ दिन अर्थात शुक्रबार सुनको भाउ स्थिर छ। अघिल्लो दिन तोलाको १ सय रुपैयाँले घटेको छापावाल सुनको भाउ आज स्थिर रहेको छ।

आज छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो।

Advertisement

त्यस्तै तेजावी सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै आज चाँदीको भाउ भने बढेको छ। आज चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १२ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।

More News last news
Loading...