निगमका कर्मचारीले वाणिज्य बैंकबाट विना धितो ऋण पाउने

काठमाडौँ । नेपाल वायु सेवा निगम र राष्ट्रिय वाणिज्य बैंकबीच कर्मचारी सरल कर्जा कार्यविधि २०७७ सम्बन्धी सम्झौता भएको छ।

निर्धारित सेवा अवधि पूरा गरेका निगमका कर्मचारीहरूले सरल कर्जा प्राप्त गर्न सक्ने गरि सम्झौता भएको निगमले जनाएको छ।

Advertisement

तलबी बचत खाता सञ्चालनमा रहेका र निगममा पाँच वर्ष सेवा अवधि पूरा गरेका स्थायी कर्मचारीले निगमको सिफारिसमा विना धितो १५ लाख रुपैयाँसम्मको सरल कर्जा उपभोग गर्न पाउनेछन्।

सरल कर्जा सुविधा उपभोग गर्ने कर्मचारीले सेवा अवधि बाँकी छँदै राजीनामा गरेमा वा कुनै कारण सेवामा बहाल रहन अयोग्य भएर सेवाबाट हटेमा बैंकलाई बुझाउन बाँकी रकम निगमका तर्फबाट कर्मचारीले पाउने जुनसुकै रकमबाट कट्टा गरी बैँकलाई उपलब्ध गराइने छ।

कर्जाको ब्याजदर ७ दशमलव ७४ प्रतिशत रहनेछ ।

More News last news
Loading...