काठमाडौँ । नागरिक समाजले बालुवाटारमा गरेको ‘मार्च पास’मा प्रहरीले हस्तक्षेप गरेको छ।
शान्तिपूर्ण रुपमा कमलपोखरीदेखि बालुवाटारसम्म जाने क्रममा प्रहरीले भाटभटेनी अगाडि पुग्दा हस्तक्षेप गरेको हो।
प्रहरीले हस्तक्षेप गर्दा केहि प्रदर्शनकारी घाइते भएका छन्। प्रहरीले लाठीचार्ज गरेपछि प्रदर्शनकारीहरुले प्रहरीबिरुद्ध नै नारा लगाएका थिए।
प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमको विरोध गर्दै नागरिक अगुवा, कवि, कलाकार, लेखक लगायतका अभियन्ताहरु सोमबारको प्रदर्शनमा सहभागी थिए।
शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरी प्रशासनले हस्तक्षेप गर्नुका साथै लाठी चार्ज गरेपछि लेखक तथा पत्रकार नारायण वाग्लेले यसलाई ‘तेस्रो जनआन्दोलन सुरु’ भएको संज्ञा दिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
