पशुपति मन्दिर परिसरमा महिलाको हत्या, २ जना पक्राउ

काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरमा ३५ वर्षीया महिलाको हत्या भएको छ।

मन्दिर परिसरमा मागेर गुजारा चलाउँदै आएकी बबितादेवी चौधरीको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ।

Advertisement

हत्यामा संलग्नताको आशंकामा प्रहरीले मृतक चौधरीका श्रीमान ३८ वर्षीय रवि चौधरी र नुवाकोट घर भएकी अनु थापा उर्फ ठुलो चल्लीलाई पक्रेको छ।

अनुको मोवाइल चोरेको आरोपमा तीन दिनअघि उनी सहितका केही केटाले बबितालाई कुटेका थिए । मृत्यु भएपछि उनको शव जलाउने प्रयास गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

‘सामान्य जलेको अवस्थामा शव बरामद गरेका छौं’ महानगरीय प्रहरी वृत्त गौशालाका इन्सपेक्टर जनक ढुंगानाले भने– ‘शंकास्पद दुई जनालाई पक्राउ गरेर अनुसन्धान शुरु गरेका छौँ।’

बबिताको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ। उनी दुई वर्षदेखी मन्दिर परिसरमा मागेर गुजारा चलाउँदै आएकी थिइन्।

हत्यामा संलग्नहरुले चाउचाउको काटुर्न प्रयोग गरेर शव जलाउने प्रयास गरेको तर, नजलेपछि गाड्नका लागी खाल्डो समेत खनेको बताइएको छ।

More News last news
Loading...