चन्द्रागिरि हिल्सको आईपीओ आज बाँडफाँट हुँदै

काठमाडौँ । चन्द्रागिरि हिल्सको आईपीओ शुक्रबार बाँडफाँट हुँदैछ। शुक्रबार बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा सो आईपीओको बाँडफाँट हुन लागेको जनाइएको छ।

कम्पनीले सर्वसाधारणका लागि चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने १५ लाख ३४ हजार ९१ कित्ता साधारण सेयर निष्कासन गरेको थियो।

Advertisement

त्यसमध्ये कर्मचारी र सामुहिक लगानी कोषका लगानीकर्तालाई छुट्याएर १३ लाख ९६ हजार २२ कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गरिएको थियो । यसअनुसार १ लाख ३९ हजार ६ सय २ जनाका लागि यो आईपीओ बाँडफाँट हुनेछ।

हाल यो सेयरका लागि १२ लाख १५ हजार १ सय १५ जना आवेदकले २ अर्ब २८ करोड रुपैयाँ बराबरको सेयरका लागि आवेदन दिएका छन्।

कुल सेयर संख्या र आवेदकका आधारमा ११.४९ प्रतिशतले मात्रै यो सेयर प्राप्त गर्न सक्छन् । अर्थात् आईपीओ भर्ने ९ जनामध्ये १ जनाले मात्रै यस्तो सेयर प्राप्त गर्न सक्छन्।

केवलकार सेवा प्रदायक क्षेत्रमध्ये पहिलो आईपीओ निष्कासन गरेको चन्द्रागिरिले यसअघि चुक्ता पुँजीको २ प्रतिशतले हुन आउने सेयर स्थानीयवासीका लागि वितरण गरिसकेको छ।

More News last news
Loading...