आज पनि घट्यो सुनको भाउ, हेर्नुहोस् तोलाको कति पुग्यो ?

काठमाडौँ । आज साताको छैटौँ दिन अर्थात शुक्रबार सुनको भाउ घटेको छ।

बिहीबार तोलामा ६ सय रुपैयाँले बढेको सुन आज तोलाको २ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो बिहीबार छापावाल सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

त्यस्तै तेजावी सुन प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।

 

More News last news
Loading...