काठमाडौँ । आज साताको पाँचौ दिन अर्थात बिहीबार पनि सुनको भाउ बढेको छ।
बुधबार तोलामा ५ सय रुपैयाँले बढेको सुन आज प्रतितोला ६ सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै तेजावी सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
