काँग्रेसद्वारा ७ वटै प्रदेशमा तरुण विभाग संयोजक चयन, गण्डकीमा गुरुङ

काठमाडौँ । नेपाली काँग्रेसले सातवटै प्रदेशणमा तरुण विभाग प्रमुख चयन गरेको छ । तरुण विभाग प्रमूख शंकर भण्डारीले ६ वटा प्रदेशमा प्रदेश संयोजक तोकेका हुन् ।

जसअनुसार प्रदेश १ मा मदनबहादुर बुढाथोकी झापा, प्रदेश २ मा रामपल्टन शाह धनुषा, वागमती प्रदेशमा पदम नारायण तिमिल्सेना ललितपुर, गण्डकीमा पूर्णबहादुर गुरुङ तनहुँ, लुम्बिनीमा नन्दबहादुर विष्ट रुकुम पूर्व र कर्णाली प्रदेशमा राजेश शाही दैलेख चयन भएका छन्।

Advertisement

केन्द्र र प्रदेशबीच समन्वयकारी भूमिका निर्वाह गर्नका लागि तरुणदलमा प्रदेश संयोजक तोकिएको पार्टीका केन्द्य्रीय सदस्य समेत रहेका भण्डारीले जानकारी दिए।

गण्डकी संयोजकमा गुरुङ 

नेपाली काँग्रेसको तरुण विभाग सदस्य पूर्ण गुरुङ तरुण दलको गण्डकी प्रदेश संयोजकमा चयन भएका छन्।

तरुण विभाग प्रमुख शंकर भण्डारीले सातवटै प्रदेश संयोजक तोक्ने क्रममा तनहुँका गुरुङलाई गण्डकी प्रदेशको जिम्मा दिएका हुन्।

गत संसदीय निर्वाचनमा उनी काँग्रेसका तर्फबाट संघीय समानुपातिक तर्फका उम्मेदवार बनेका थिए ।

More News last news
Loading...