काठमाडौँ । कृषि विकास बैंकले आजदेखि कृषि ऋणपत्र बेच्न सुरु गर्ने भएको छ।
कृषि कर्जा प्रवाहमा नेतृत्वदायी भूमिका पाएको बैंकले २४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने तयारी गरेको थियो। तर अहिले ६ अर्ब रुपैयाँ बराबरको ऋणपत्र मात्रै बेच्न लागेको बैंकले जनाएको छ।
राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतीमार्फत कृषि कर्जा प्रवाहको नेतृत्व लिन र त्यसका लागि कृषि ऋणपत्र जारी गर्न पाउने व्यवस्था गरेको छ। मौद्रिक नीति जारी भएको झण्डै ६ महिनापछि बैंकले ऋणपत्र बिक्री गर्न लागेको हो।
आज ५४ औँ वार्षिक उत्सवको अवसर पारेर कृषि ऋणपत्रको बिक्री र किसान क्रेडिटको वितरण सुरु गर्न लागिएको बैंकले जनाएको छ।
पहिलो चरणमा जारी हुन लागेको ऋणपत्र २७ वटा बाणिज्य बैंक र नेपाल इन्फ्रास्टक्चर बैंकलाई बिक्री गर्ने बैंकको तयारी रहेको छ।
यस्तै, कृषि विकास बैंकले मौद्रित नीतिमा उल्लेख भएअनुसार आजदेखि किसानलाई किसान क्रेडिट कार्ड तथा एप वितरण गर्दैछ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
